स्वास्थ्यमन्त्रीमा मेहता नियुक्त
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या एवम् खानेपानीमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा मेहता नियुक्त भएकी छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा मेहताले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिइन् । पेसाले नर्स उनी रास्वपामा स्थापनाकालदेखि नै आबद्ध छिन् । उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाको मधेसी ‘क्लस्टर’बाट समानुपातिक सांसद चुनिएकी हुन् ।
सुनसरी इनरुवाकी ३८ वर्षीया मेहताले भारतबाट ‘नर्सिङ’मा स्नातकोत्तर गरेकी छन् । उनी विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपप्राध्यापकका रूपमा कार्यरत थिइन् ।