सुदूर नेपाललाई विश्वसँग जोड्दै

लक्ष्मीनारायण मन्दिरको वार्षिकोत्सको अवसरमा रथयात्रा निकालियो

२०८२ चैत्र १०, ०६:५३ खबर संवाददाता

धनगढी: धनगढीस्थित लक्ष्मीनारायण मन्दिरको वार्षिकोत्सवको अवसरमा रथयात्रा निकालिएको छ। मङ्गलवार रथयात्रा निकालेर नगर परिक्रमा गरिएको हो।

लक्ष्मीनारायण मन्दिरबाट निकालिएको रथयात्रा पृथ्वीनारायण चोक हुँदै लक्ष्मीनारायण मन्दिरमा पुगेर समापन भएको हो।

लक्ष्मीनारायण मन्दिर धनगढीका मठाधिश श्री १००८ देवराज आचार्यको अगुवाइमा भगवान् लक्ष्मीनारायणको श्रीविग्रहलाई रथमा राखेर बाजागाजा बजाउँदै र भजन गाउँदै नगर परिक्रमा गरिएको हो।

रथयात्रामा सयौं भक्तजनको सहभागिता रहेको थियो। चार दिनसम्म चलेको मन्दिरको ब्रह्मोत्सवको चौथो दिन मङ्गलवार अपराह्न रथयात्रा निकालिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

कमेन्ट लोड गर्नुस