सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरीकामा बलत्कार गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई मृत्युदण्ड

२०७६ भदौ ५, ०५:५०

अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई बुधबार मृत्युदण्ड दिइएको छ। टेक्सास राज्यमा यसै वर्ष गम्भीर अपराधको अभियोगमा योसहित चार जनालाई मृत्युदण्ड दिइएको छ। टेक्सासको हन्ट्सभिल कारागारमा अभियुक्त ल्यारी स्वेरिनजेनलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको कारागार प्रशासनले जनाएको छ।

अमेरिकी संचार माध्यमका अनुसार ४८ वर्षीय ल्यारीले अन्तिम समयसम्म पनि आफू निर्दोष रहेको दाबी गरिरहेका थिए। ल्यारीका वकिलहरुले पीडितको डिएनए सही नभएको जिकिर गरेका थिए। अमेरिकी सर्वोच्च अदालतले ल्यारीको अनुरोधलाई बुधबार नै अस्वीकार गरेको थियो।

दी ह्यूस्टन क्रोनिकलका अनुसार १९ वर्षीया मेलिसा ट्रटरलाई सन् २००० मा बलात्कार गरी हत्या गरेको आरोपमा ल्यारी पक्राउ परेका थिए।  अमेरिकामा यस वर्ष १२ जनाले मृत्युदण्ड पाइसकेका छन्। यी मृत्युदण्डहरु अमेरिकाका दक्षिणी राज्यहरु टेक्सास, टेनेसी, अलाबामा, जर्जिया र फ्लोरिडामा भएका छन्। 
 

कमेन्ट लोड गर्नुस