सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बस दुर्घटना अपडेट: १७ जना घाइते, एक पैदलयात्री गम्भीर

२०८२ चैत्र ८, ०९:२८ खबर संवाददाता

धनगढी: कैलालीको घोडाघोडी नगरपालिका–१, डोडापुल नजिक शनिबार साँझ भएको बस दुर्घटनामा एक पैदलयात्रीसहित १७ जना घाइते भएका छन्।

बैतडीको पाटन नगरपालिका–४ घर भएका ४५ वर्षीय भुपेन्द्रसिंह बिष्टले चलाएको सु.प्र.०२००४ ख १३०१ नम्बरको बसले स्थानीय करिब ६५ वर्षीय भक्त बटालालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका पैदलयात्री बटालालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा रेफर गरिएको छ।

बसमा सवार दार्चुला, बैतडी, ललितपुर र रुपन्देहीका विभिन्न स्थानका यात्रुहरू पनि घाइते भएका छन्। घाइतेमध्ये २१ वर्षीया पशुपती बम, ३२ वर्षीय दीपेन्द्रसिंह बोहरा, २९ वर्षीय रुपेश बिष्ट, ३३ वर्षीय हरदीपसिंह ठगुन्ना, १९ वर्षीय मनिष बडाल, २८ वर्षीय हरि पन्त, २० वर्षीय विजय बिक, ३० वर्षीय अभिषेक अधिकारी, ४९ वर्षीय सुरेन्द्रसिंह बिष्ट, धनसिंह भण्डारी, ३५ वर्षीया मञ्जु लोधवाल, २१ वर्षीया मनिका खत्री, १८ वर्षीया अन्जना विक, सङ्गीता घतानी, २९ वर्षीय महेन्द्र घिमिरे र २५ वर्षीय बिरेन्द्रसिंह लोधवाल रहेका छन्।

घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस