सुदूर नेपाललाई विश्वसँग जोड्दै

जवरजस्ती करणी र लागूऔषध मुद्दामा फरार कैलालीका २ जना पक्राउ

२०८२ चैत्र ७, ०८:२० खबर संवाददाता

धनगढीः जवरजस्ती करणी र लागूऔषध मुद्दामा फरार कैलालीका २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लागूऔषध मुद्दामा १ महिना २५ दिन कैद सजाय तोकिएको टीकापुर नगरपालिका–१ पशुहाट बजार बस्ने २८ वर्षीय युवराज थापा र जवरजस्ती करणी मुद्दामा तिन लाख जरिवाना तोकिएको बर्दगोरिया गाउँपालिका–५ बस्ने ३५ वर्षीय राजेश डगौरा रहेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस