सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीको शारदा माध्यमिक विद्यालयको खानेपानी योजना उद्घाटन

२०७६ भदौ ५, ०४:३७ खबर संवाददाता

कैलालीको गोदावरीमा सुदूरपश्चिम प्रदेश सरकारको ११ लाखको लागतमा निर्माण भएको खानेपानी योजनाको उद्घाटन गरिएको छ। गोदावरी नगरपालिका वडा नम्बर ८ को शारदा माध्यमिक विद्यालयमा निर्मित खानेपानी योजनाको नेकपाकी प्रदेशसभा सदस्य चुन कुमारी चौधरीले गरेकी हुन्। विद्यालयमा आयोजित एक समारोहका बिच चौधरीले योजनाको उद्घाटन गरिन्। कार्यक्रम गोदावरी नगरपालिकाका जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो। विद्यालयमा खानेपानी सञ्चालनमा आएपछि विद्यार्थीले स्वच्छ पानी उपभोग गर्न पाउने भएका छन्।
 

कमेन्ट लोड गर्नुस