सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कांग्रेस नेताद्धारा स्थानीयको घरमा ढुङ्गामुढा, दुईजना घाईते

२०७६ भदौ ५, ०१:५५ खबर संवाददाता

कञ्चनपुरमा नेपाली कांग्रेसका नेताको एक समूहले स्थानीयको घरमा ढुङ्गामुढा गरेको छ। काँग्रेस जिल्ला कार्य समितिका सदस्य प्रकाश थापाको नेतृत्वमा गएराती साढे ११ बजेको समयमा आएको समूहले महेन्द्रनगरका स्थानीय भगत बस्नेतको घरमा ढुङ्गामुढा गरेको आरोप लागेको छ।

बस्नेतले मध्यरातमा थापाको नेतृत्वमा आएको आठ जनाको समूहले घरमा हानेको ढुङ्गामुढाले लागेर काका र भाई घाईते भएको बताए। उनले ५० वर्षीय काका सत्रुधन बस्नेत र घरमै बस्दै आएका १६ वर्षका भाई सौरभ भण्डारी घाईते भएको दिनेश खबरलाई बताए।

थापा र आफ्ना भाई शिवा बस्नेतबिचको विवादको विषयलाई लिएर घरमै ढुङ्गामुढा गरिएको जनाए। तर काँग्रेस नेता थापाले भने आफूले ढुङ्गामुढा प्रहार नगरेको दावी गरेको छन्। उनले हिजो उनकै घरको छेउमा रहेको पोखरा होटलमा काम विशेषले गएका बेला जथाभावी गालीगलौज गर्दै आफूमाथि गमला प्रहार गरिएको जिकिर गरे। उनले बस्नेत तत्कालीन एमालेका नेता भएका कारण राजनीतिक पूर्वाग्रह लिएर झुठो आरोप लगाईएको दावी गरे। 

प्रहरीले मुद्दा दर्ता नगरेको  आरोप 
मध्यरातमा घरमा ढुङ्गामुढा गर्ने विरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको आरोप लागेको छ। घरमा ढुङ्गामुढा गर्ने विरुद्ध आज बिहान जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन पुगेको भएपनि प्रहरीले दर्ता गर्न नमानेको घरधनी भगत बस्नेतले बताए।

प्रहरीले आरोपी प्रकाश थापा आएपछि मात्र मुद्दा दर्ता गरिने बताउँदै आफूलाई फर्काएको आरोप  लगाए। दिनेश खबरसँगको कुराकानीका क्रममा सुरुमा घरमा ढुङ्गामुढाको घटना नै नभएको दावी गरेका कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक दिनेश आर्चायले पछि भने मुद्दा दर्ता नगरेको भन्ने आरोप गलत भएको बताए। उनले अर्को पक्षले पनि जाहेरी दर्ता गर्छु भनेकाले केही समय पर्खिन आग्रह गरिएको दावी गरे। 
 

कमेन्ट लोड गर्नुस