सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा एक जनाको गोठमा आगलागी

२०८२ चैत्र ४, ०७:४६ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा एक जनाको गोठमा आगलागी भएको छ।

डडेल्धुराको नगरपालिका-४ रज्यौडा बस्ने केदार प्रशाद पाण्डेयको गाई गोठमा बाहिर बालेको आगोबाट आगलागी  भएको हो। आगलागी हुँदा गोठभित्र रहेका ड्रम, काठ, भुषा, पराल लगायतका सामान गरी अन्दाजी १ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस