सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा चट्याङ लागेर पाँच जना घाईते, एकको अवस्था गम्भीर

२०७६ भदौ ५, ०९:४८ खबर संवाददाता

अछाममा चट्याङ लागेर पाँचजना घाईते भएका छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोलामा गएराती परेको चट्याङ लाग्दा पाँचजना घाईते भएको र एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाईते हुनेहरुमा पुल्लेतोलाका ३७ वर्षीया देवसरा रावल, २७ वर्षीय तप बहादुर रावल, १८ वर्षीय मंगल रावल, आठ वर्षीय प्रकाश रावल र १४ वर्षीय पवन रावल रहेका छन्। उनीहरु मध्ये देवसरा रावलको अवस्था गम्भीर रहेको अछाम प्रहरीले जनाएको छ। यस्तै चट्याङ लागेर वडा नम्बर ९ को राँकुका दिनेश कुमार शाहका चार बाख्रा र एउटा कुकुर पनि मरेको ईलाका प्रहरी कार्यालय कालेकाँडाले जनाएको छ।    
 

कमेन्ट लोड गर्नुस