सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिरासतमा रहेका रवि लामिछानेले भने– प्रहरीबाटै असुरक्षित छु

२०७६ भदौ ५, ०६:५८ खबर संवाददाता

सञ्चारकर्मी रवि लामिछानेले पुनः पाँच दिनको म्याद थप्दै प्रहरीले चलाएको कदम आफूहरुलाई फसाउँने गरि सुनियोजित र नियतपूर्ण रहेको बताएका छन्। प्रहरीको हिरासतमा रहेका लामिछानेले आफ्नो श्रीमती निकिता पौडेलको फेसबुक मार्फत आफू प्रहरीबाटै असुरक्षित भएको महसुश गरेको बताएका छन्। उनले लेखेका छन्, ‘पाँचौ दिनसम्म मैले प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको थिएँ तर, फेरी ५ दिन म्याद थपभएपछि म प्रहरीसँग नै असुरक्षित भएको महसुश गरिरहेको छु।’

आफूहरुको कहीँ कतै संग्लनता नदेखिएको बताउँदै लामिछानेले हिरासतबाटै केही प्रश्नहरु समेत गरेका छन्। ‘एसपी दानबहादुर मल्ल जीले सालिक जीको भिडियो म्यासेज प्रहरीसँग मात्र सुरक्षित रहेको दाबी गरिरहेका बेला उक्त भिडियो कोबाट कसरी लिक गरियो ? त्यो भिडियो परिवारबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो सार्वजनिक भएको बिषयमा सोधपुछ गर्नु पर्छ कि पर्दैन ?’ लगायतका प्रश्न उनले राखेका छन्। 

पत्रकार पुडासैनी प्रकरणलाई लिएर प्रहरीले आफूलाई ५ बर्षनै थुन्ने नियत देखाएको बताउँदै उनले हिरासतबाट निकालेको ५ मिनेटभित्रै यो घटनामा आफ्नो कहीँ कतै संग्लनता छैन भनेर म प्रमाणित गर्ने दावी गरेका छन्। 

गत साउन २० गते चितवनको कङ्गारु होटेलमा पत्रकार पुडासैनी मृत अवस्थामा फेला परेका थिए। सोही विषयमा छानविनका लागि सञ्चाकर्मी रवि लामिछाने र युवराज कँडेललाई चितवन प्रहरीले न्युज २४ टेलिभिजनको कार्यालयमै प्रवेश गरी नियन्त्रणमा लिएको थियो।

 

कमेन्ट लोड गर्नुस