सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

२०८२ चैत्र १, ०८:४६ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाट पिपलचौताराबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार साँझ भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका कैलाली धनगढी उपमहानगरपालिका–८ क्याम्पस रोड बस्ने ३५ वर्षीय केशव बिष्ट र डडेलधुराको आलिताल गाउँपालिका–३ मौरी बस्ने २३ वर्षीय कृष्ण महरालाई प्रहरीले पक्राउ गरेको हो।

से ७ प २२६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलडाँडी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्दा ४५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको थियो।

उक्त पदार्थसहित मोटरसाइकल समेत नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पूरा गरी दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस