सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउदीमा कामदारको गुनासो सुन्न दूतावासले तोक्यो कर्मचारी

। फोटो स्रोत ।
२०७६ भदौ ४, ०४:५१ खबर संवाददाता

साउदी अरबमा रहेको नेपाली दूतावासले कामदारका समस्या र गुनासो सुन्न छुट्टै कर्मचारी तोकेको छ। दूतावासका द्वितीय सचिव तारा गौतमलाई गुनासो सुन्ने अधिकारी तोकिएको दूतावासले जनाएको छ। 

दूतावासकाअनुसार साउदी अरबका विभिन्न ठाउँमा वैदेशिक रोजगारीको सिलसिलामा रहेका नेपाली र विशेषगरी नेपाली महिलाले भोग्नुपरेका रोजगारीसँग सम्बन्धित समस्या समाधानको लागि छुट्टै कर्मचारी तोकिएको हो।

गुनासो वा समस्या भएका हरुले  फोन नं. ०५३४३४३१९१ र ईमेल [email protected][email protected] मा सम्पर्क गर्न सक्नेछन्।

कमेन्ट लोड गर्नुस