सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा रासायनिक मलको मौज्दात शुन्य,उत्पादन घट्ने भन्दै किसान चिन्तित

२०७६ भदौ ४, ०१:२३ कमल सावद

सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको मौज्दाज शुन्य भएको छ। धान खेतीका लागि अहिले यूरिया मलको आवश्यक हुने भएपनि मलको मौज्दात सकिएको हो। रासायनिक मलको विक्रि वितरणको अधिकार पाएका कृषि सामाग्री कम्पनी लिमिटेड धनगढी र साल्ट ट्रेडिङ धनगढीको कार्यालयसंग एक किलोग्राम पनि युरिया छैन्। रासायनिक मलको ढुवानी र वितरण गर्ने कृषि सामाग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पाेरेसन लिमिटेडको धनगढी कार्यालयमा रासायनिक मलको मौज्दाज सकिएको हो। कृषि सामाग्री कम्पनी लिमिटेड धनगढीका प्रमुख नवलसिंह बोगटीले मलकोे मौज्दात सकिएको बताए।

उनले भैरवामा समेत मौज्दात सकिएकाले ढुवानी नहुँदा सुदूरपश्चिममा मलको हाहाकार भएको बताए। सुदूरपश्चिममा १५ हजार मट्रिक टन युरिया, १० हजार मेट्रिक टन डिएपी र एक हजार मेट्रिक टन पोटासको आवश्यकता पर्छ। तर चार हजार पाँच सय ४३ मेट्रिक टन डिएपी, पाँच हजार ६ सय ८२ मेट्रिक टन यूरिया धान खेतिका लागि कृषि सामाग्री कम्पनी लिमिटेड धनगढीले वितरण गरिएको छ।

अहिले किसानलाई यूरिया मलका आवश्यकता हुन्छ। किसानले यूरियाको माग गरेपछि  सहरकारीहरु कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको धनगढी कार्यालयमा आउँछन्। मल नपाएपछि रितो हात फर्कनु पर्ने बाध्यता रहेको छ।

कृषि सामाग्री कम्पनी लिमिटेड धनगढी कार्यालयका प्रमुख बोगटीले भने, ‘यूरिया मलका लागि सहकारीका प्रतिनिधि आउँछन्, तर गोदाम पूर्ण रुपमा खालि भएको छ, अहिले मल आउने सम्भावना पनि छैन्। भैरवामा नै मल नभएपछि धनगढी आउने कुरै भएन्।’साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडको धनगढी कार्यालयले धान खेतिका लागि सात सय १४ मेट्रिक टन डिएपी,  तीन सय ८० मेट्रिक टन यूरिया र एक सय ५० मेट्रिक टन पोटास वितरण गरेको बताएको छ।

साल्ट ट्रेडिङ कर्पाेरेसन धनगढीका प्रमुख केशवराज पाण्डेले रसायनिक मलको कोटा अनुसारको मल विरण गरेको बताए। उनले सुदूरपश्चिममा वितरण गर्नुपर्ने मलको ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले वितरण गर्ने गरेको उनले बताए। ‘हाम्रो कोटामा रहेको मल हामीले वितरण गरेका छौ। अहिले कुनै मल पनि छैन्। असोज अगाढी मल आयात हुने कुनै सम्भावना छैन्।’ उनले भने। 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस