सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चरेशसहित एक जना पक्राउ

२०८२ फाल्गुन २५, ०८:३६ खबर संवाददाता

धनगढीः धनगढीमा चरेशसहित एक जना पक्राउ परेका छन्।

धनगढी-१ त्रिबेणी चोक स्थित घरबाट २ के.जी. ५८ मिलिग्राम लागूऔषध चरेशसहित सोही ठाउँ बस्ने ६९ वर्षीय डम्मरबहादुर शाहीलाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनको घर कोठा भित्र खानतलासी गर्दा उक्त पदार्थ फेला पारी शाहीलाई पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस