सोलुखुम्बुबाट नेपाली कांग्रेसका प्रकाशसिंह कार्की विजयी
सोलुखुम्बुः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोलुखुम्बुबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की विजयी भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार असिम राईले नौ हजार ४१४ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार कल्पना राईले आठ हजार २२८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ऋषिधन राईले तीन हजार ६४२ र श्रम संस्कृति पार्टीका उम्मेदवार बीएस राईले तीन हजार ३६३ मत प्राप्त गरेका छन्।
निर्वाचन कार्यालयका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कूल ८५ हजार ५१५ मतदातामध्ये ४१ हजार ४०१ मत खसेको थियो।