सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार पुडासैनी प्रकरणमा निष्पक्ष छानविनको माग सहित धनगढीमा प्रदर्शन

२०७६ भदौ ३, ०७:०२

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा निष्पक्ष छानविनको माग सहित धनगढीमा प्रदर्शन गरिएको छ। स्वस्फुर्त रुपमा धनगढीको पार्कमोडमा जम्मा भएका युवाहरुले पुडासैनीको चितवनमा भएको मृत्युको विषयमा निष्पक्ष रुपमा छानविन हुनपर्ने माग सहित ¥याली निकालेका हुन्। उनीहरुले दोषी नउम्कियोस र निर्दोष नफसोस भन्दै ¥याली निकालेको जनाएका छन्। 

जिल्ला अदालत चितवनले पत्रकार पुडासैनी प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहित तीनलाई अनुसन्धानको लागि थप पाँच दिन थुनामा राख्न आदेश दिईसकेको छ। गत साउन २० गते चितवनको कङ्गारु होटेलमा पत्रकार पुडासैनी मृत अवस्थामा फेला परेका थिए। 
 

कमेन्ट लोड गर्नुस