सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भरुवा बन्दुक सहित एक जना पक्राउ

२०७६ भदौ ३, ०६:३४ खबर संवाददाता

बझाङमा भरुवा बन्दुक र मोटसाईकल सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आईतबार विहान प्रहरी चौकी स्याडीबाट खटिगएको प्रहरी सहायक निरिक्षक धनन्जय जोशी कमान्डको टोलीले बिथ्थडचिर गाँउपालिका वडा नम्बर १ भिराभिडका ४५ बर्षिया लाल बहादुर बोहरालाई पक्राउ गरेको हो।

एक नाले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। से ३ प २९५६२ नम्बरको मोटरसाईकलमा सवार रहेका बोहरालाई चेक चाँज गर्ने क्रममा विना ईजाजत एक नाले भरुवा बन्दुक फेला परेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरिक्षक ईश्वरीदत्त पाण्डेयले बताए। 

प्रहरीले मोटरसाईकल समेत नियन्त्रणमा लिएको जनाएको छ। बोहरालाई हात हतियार खरखजना मुद्धा सहित बझाङ जिल्ला अदालत बाट ७ दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाई पाण्डेयले बताए। 
 

कमेन्ट लोड गर्नुस