सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र अत्तरियाबाट चोरीमा संलग्न तीन नाबालक सहित ६ जना पक्राउ

२०७६ भदौ ३, ०६:०७ खबर संवाददाता

प्रहरीले कैलालीको धनगढी र अत्तरियाबाट चोरीमा संलग्न तीन नाबालक सहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका र धनगढी उप–महानगरपालिकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो।

जिल्लाको गोदावरी नगरपालीका वडा नम्बर २ तेघरी बस्ने पदमराज ओझाको किराना पसलबाट सामान, नगद र रिचार्ज कार्ड चोरी गरेको आरोपमा सोही ठाउँका १६ बार्षीय कमल ओलीलाई पक्राउ गरिएको छ। ओलीले अत्तरिया बसपार्क नजीकै रहेको दुर्गालक्ष्मी सामुदायिक वन भित्र रुखको प्वालमा लुकाई छिपाई राखेको अवस्थामा १३ हजार ८ सय बढिका रिचार्ज कार्डहरु बरामद गरिएको समेत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताए। 

यस्तै धनगढीमा कुटपिट गरी जबरजस्ती लुटपाट गर्ने थप दुई जना पक्राउ परेका छन्। धगढी उप–महानगरपालिका वडा नम्वर २ का दीपक नागरी र धनगढी–५ का डम्मर वहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ बस्ने राजकुमार चौधरी, सोही ठाउँका सुरज चौधरी र दिपक कुमाल वडा नम्वर बडहरा गाउ स्थित नर्सरीमा बास काट्न जाँदा काठको चिरपटले प्रहार गरी कुटपिट गर्दै मोवाईल र नगद चोरी गरिएको थियो। चोरी गरेको दुई थान मोवाईल सहित उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। 

यस्तै चोरीमै संग्लन रहेको अवस्थामा पक्राउ परेका थप तीन जना नाबालकलाई भने अभिभावकको जिम्मा लगाईएको छ। धनगढी उप–महानगरपालीका वडा नम्बर ७ का बिभिन्न किराना पसल, मन्दिरमा चोरी गरी रहेको अवस्थामा १२ बर्ष मुनिका तीन जना नाबालकलाई प्रहरीले पक्राउ गरेको थियो।.
 

कमेन्ट लोड गर्नुस