सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब उपचारका लागि विदेश जानु पर्दैन : स्वास्थ्यमन्त्री यादव

२०७६ भदौ ३, ०४:५१ खबर संवाददाता

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धेरै रोगको उपचारका लागि विदेश जानु नपर्ने बताएका छन्। प्रतिनिधिसभामा मंगलबार सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उपप्रधानमन्त्री यादवले धेरै रोगको विश्वस्तरको उपचार नेपालमा सम्भव रहेको बताउँदै उनले भने, ‘नेपालका अस्पतालमा एसियामात्र होइन, युरोपका विरामी पनि आएका छन’ विराटनगर, लाहान र नेपालगञ्जमा आँखाका विरामी ८० प्रतिशत भन्दा बढी बाहिरबाट आएका छन।’ 

क्यान्सरको उपचारमा पनि नेपालको उपचार राम्रो रहेको र धेरै विरामी विदेशबाट आउने गरेको उनको दाबी गर्दै भने, ‘मृगौला प्रत्यारोपण, न्युरो सर्जरीको उपचार विश्वस्तरको छ, सफल उपचार भइरहेको छ’ ‘हामीकहाँ सम्भव नभएको केही केस पनि छन्। त्यसको उपचार बाहिर गर्नुपर्छ।’ ‘हाम्रो प्रयास हाम्रै देशमा उपचार होस् भन्ने हो, तर विदेशमा उपचार रोक्ने कानुन छैन।’

यस्तै उनले सरकारी अस्पताललाई निजी अस्पतालमा विरामी जाँच्ने रोक्ने गरी कानुनी व्यवस्था भएको बताए। ‘राष्ट्रिय स्वास्थ्य नीति २०७५ र १५ औं योजनामा रहेको एक चिकित्सक एक अस्पतालमा काम गर्ने अवधारणा सबै सरकारी अस्पतालमा क्रमशः लागू गरिनेछ’ उनले भने, ‘यो कार्यक्रम प्रभावकारी रुपमा लागू गर्न सेवाको पहुँच विस्तार गर्न सरकारी अस्पतालमा अतिरिक्त सुविधासहितको विस्तारित स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्नेछौं।’ सरकारी अस्पतालका विशेषज्ञ चिकित्सकले निजी अस्पतालमा काम गर्ने स्थिति अन्त्य गर्नुपर्ने समेत बताए।

कमेन्ट लोड गर्नुस