सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको निसर्ग अस्पतालमा बिरामीको मृत्यु, हृदयघातले ज्यान गएको अस्पतालको दावी

२०७६ भदौ ३, ०२:४२ खबर संवाददाता

धनगढीको निसर्ग अस्पतालमा शल्यक्रिया गरेका बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका  वडा नम्वर १२ का ५० बर्षीय मदनसिंह भण्डारीको आज मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो।

चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले विरोधमा नारावाजी गरेका थिए। मृतका आफन्तले  अस्पताल बाहिर राखेका गमला लगायतका सामग्री तोड्फोड गरेका छन्। सोमवार बिहान ७ बजे पित्तथैलीको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका उनको दिउँसो ३ बजे शल्यक्रिया गरिएको थियो।

‘राती  साढे १ बजे सम्म बिरामीको अवस्था सामान्य भएपनि एक्कासी अवस्था बिग्रिएपछि चेकजाँच गरेका थियौँ,’ शल्यक्रियामा संग्लन डाक्टर मेराज आलम अन्सारीले भने, ‘हृदयघात भएपछि बिरामीको पौने ५ बजे मृत्यु भएको हो, त्यस्मा शल्यक्रियाको कुनै सम्वन्ध नै छैन्।’ उनले शल्यक्रियामा कुनै समस्या भएर मृत्यु नभई हृदयघातका कारण बिरामीको मृत्यु भएकोले चिकित्सकबाट कुनै लापरवाही नभएको दावी गरे। 

उनका अनुसार शल्यक्रिया सफल भएको करिब आधा घन्टा भित्रै बिरामीलाई होस आएको र बिरामीका आफन्तले कुरा समेत गरेका थिए भने राति साढे १२ बजे सम्म पनि स्वयं बिरामीका भतिजाले समेत बिरामीसंग कुरा गरेका थिए।

अस्पताल सञ्चालक समितिका सदस्य कुवेर शाहीले मृतकका आफन्तसंग छलफल भएपछि सहमती भएको र शव समेत बुझिसकेको बताए। 

 

फोटो: गगन अयडी

कमेन्ट लोड गर्नुस