सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको सहजपुरमा गएको पहिरो पछि अवरुद्ध राजमार्ग सुचारु

फाईल फोटो
फाईल फोटो
२०७६ भदौ ३, १२:११ खबर संवाददाता

भीमदत्त पन्त राजमार्ग अन्तरगत कैलालीको सहजपुरमा गएको पहिरो पछि अवरुद्ध भएको सडक सुचारु भएको छ। सोमबार साँझ चुरे गाउँपालिका वडा नम्बर ३ को सहजपुर वैज्ञानिक वन भन्ने स्थानमा गएको पहिरो पन्छाएपछि राजमार्ग सुचारु भएको ईलाका प्रहरी कार्यालय फल्टुडेले जनाएको छ।

ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक माधव विश्वकर्माले जनप्रतिनिधि, प्रहरी, नेपाली सेना र स्थानीयको संयुक्त प्रयासमा पहिरो पन्छ्याएपछि आज बिहानदेखि राजमार्ग सुचारु भएको जानकारी दिए। उनका अनुसार राजमार्गको झण्डै १० मिटर माथिबाट पहिरो गएको छ।   
 

कमेन्ट लोड गर्नुस