सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चौमाला स्वास्थ्य चौकीकै शौचालय दुर्गन्धीत

२०७६ भदौ ३, ११:०० कमल सावद

कैलालीको चौमाला स्वास्थ्य चौकीकै शौचालय दुर्गन्धित भएपछि विरामीहरुलाई समस्या भएको छ। शौचालयमा दुर्गन्ध फैलिएपछि सौच गर्न नसकिने अवस्था सिर्जना भएपछि समस्या भएको गुनासो गरिएको छ। हाम्रो आवाज परिवर्तन समाजका संस्थापक कोषाध्यक्ष टेक खत्रीले शौचालय महिनौँदेखि दुर्गन्धीत हुँदा समेत स्वास्थ्य चौकी प्रशासन र सञ्चालक समितिले वेवास्ता गरेको आरोप लगाए।

शौचालयमा जथाभावी रुपमा दिशा, पिसाव गर्ने र अन्य फोहोरजन्य वस्तु तथो महिनावारी भएका बेला प्रयोग गर्ने प्याडहरु फालिएपछि दुर्गन्ध फैलिएको खत्रीले बताए। महिनावारीका बेला महिलाले प्रयोग गर्ने प्याड र लुगाहरु पनि शौचालयमा फालिदा दुर्गन्ध फैलिएको गौरीगंगाका स्थानीय करिश्मा सावदले बताइन्।

उनले दुर्गन्धकै कारण शौच गर्न नसकिने अवस्था रहेको गुनासो गरिन्। ‘शौचालय निकै फोहोर छ, उनले भनिन्, ‘महिलाहरुले महिनावारी भएका बेला प्रयोग गरेका प्याड शौचालयमै जथाभावी फालिएका छन्, बिरामीहरुलाई निकै समस्या हुने गरेको छ।’

स्वास्थ्य चौकीले शौचालय सरसफाईमा ध्यान नदिएपछि स्थानीय युवाहरुले सरसफाई गर्ने तयारी गरिएको बताएका छनज्। चौमाला स्वास्थ्य चौकी सञ्चालन समितिका अध्यक्ष समेत रहेका गौरिगंगा वडा नम्बर २ का अध्यक्ष जनकबहादुर साउँदले पुरानो भवनमा रहेको शौचालय फोहोर भएको स्वीकार गरे। उनले पछिल्लो समय तीन नयाँ शौचालय निर्माण गरिएकाले पुरानो भवनमा रहेको शौचालय फोहोर देखिएको बताए। 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस