कैलालीमा प्रहरीको गाडीको ठक्करबाट दुई जना घाइते
प्रहरीको गाडी र मोटरसाइकल ठोक्किदा कैलालीमा दुई जना घाईते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ८ मसुरियामा बझाङ्ग प्रहरीको गाडी र मोटरसाईकल ठोक्किदा दुइृ जना घाईते भएका हुन्। मोटरसाइकलमा सवार भजनी नगरपालिका वडा नम्बर १ का २५ बर्षिय रतिराम डगौरा र सोही ठाँउका २९ वर्षिय अनिल डगौरा घाइते भएका हुन्।
उनीहरुको अत्तरियामा रहेको पदम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। रतिरामले चलाएको अनटेस्ट मोटरसाइकल तत्कालिन बझाङका प्रहरी नायव उपरिक्षक सुर्यबहादुर केसी सवार बा २ झ २९०७ नम्बरको गाडीमा ठोक्किएको थियो। चालक रतिरामको खुट्टामा चोट लागेको छ।
अनिलको मुखमा चोट लागेको कैलाली प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। केसी बझाङ्गबाट गत बिहिबार मात्र सरुवा भएका थिए। उनी नेपालगञ्ज जादै गर्दा मसुरियामा दुर्घटना भएको कैलाली प्रहरीले जनाएको छ।