फोटोग्राफी दिवसको अवसरमा धनगढीमा रक्तदान
२०७६ भदौ २, ०४:०५
नेपाल फोटोग्राफर्स एसोसिएसन, कैलालीको आयोजनामा धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा ५६ जनाले रगत दान गरेको कार्यक्रम संयोजक भुवनराज जोशीले बताए।
संस्थापक अध्यक्ष तथा नेपाल फोटोग्राफर्स महासंघका सल्लाहकार सदस्य दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सस्थाका कैलाली अध्यक्ष कुलराज चौधरीको अध्यक्षतामा भएको हो।
कमेन्ट लोड गर्नुस