सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रको निधन

। फोटो स्रोत ।
२०७६ भदौ २, ०२:१५ खबर संवाददाता

बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रको निधन भएको छ। उनको नयाँ दिल्लीको एक अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो। जगन्नाथ मिश्र पछिल्लो केही महिनापछि बिरामी थिए। उनी बिहारमा तीन पटक मुख्यमन्त्री बनेका थिए। जगन्नाथ बिहारमा कांग्रेसका अन्तिम मुख्यमन्त्री थिए। उनी केन्द्रमा पनि मन्त्री भैसकेका छन्। 

जगन्नाथका भाइ ललित नारायण मिश्र इन्दिरा गान्धीको सरकारमा रेल मन्त्री थिए। राजनीतिमा आउनुअघि मिश्र बिहार विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक थिए। उनले केही किताब पनि लेखेका छन्। कांग्रेस कमजोर भएको अवस्थामा मिश्रले राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) लाई सम्हालेका थिए। उनी एनसीपीपछि जनता दल युनाइटेडमा पनि गएका थिए। 

जगन्नाथ मिश्र करोडौँ रुपैयाँको बहुचर्चित चारा घोटालाका अभियुक्त पनि रहेका थिए। हालै मात्र राँची उच्च अदालतले मिश्रलाई यो मुद्दामा विमुक्त गरेको थियो। जगन्नाथ मिश्रका छोरा नीतीश मिश्र  बिहारका मुख्यमन्त्री नीतीश कुमारको मन्त्रिमण्डलमा मन्त्री रहेका छन्।

जगन्नाथको निधनलाई लिएर नेताहरुले दुस्ख व्यक्त गरेका छन्। उनको निधनलाई लिएर बिहारमा तीन दिन शोकको घोषणा गरिएको छ।

कमेन्ट लोड गर्नुस