सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछाने पक्राउ परेपछि प्रहरीलाई गाली गरेको भन्दै अछामबाट एक जना पक्राउ

२०७६ भदौ १, ०७:०२ खबर संवाददाता

टेलिभिजनमा कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गालीगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन्। काठमाडौं प्रहरी प्रमुखलाई गाली गरेको भन्दै अछामको मंगलसेनबाट रिदम विसी भनिने शंकर विकलाई पक्राउ गरिएको हो। उनी मंगलसेन नगरपालिका वडा नम्वर ५ का स्थानीय हुन्। 

अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले शनिबार विकलाई पक्राउ गरि काठमाडौँ पठाइृएको बताए। विसिले ‘रवि लामिछाने दाइलाई फसाउने यो नै हो भ्रष्ट’ भन्दै काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध फेसबुकमा स्टाटस लेखेका थिए। विक विरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ। पक्राउ परेका विक गायक पनि हुन्। 

पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा काठमाडौं प्रहरी परिसर, टेकु र जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले ३० साउनमा लामिछाने सहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो।
 

कमेन्ट लोड गर्नुस