सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओली उपचारका लागि पुनः सिंगापुर जाने

। फोटो स्रोत ।
२०७६ भदौ १, ०५:१९ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि यसै साता पुनः सिंगापुर जाने भएका छन्। यसअघि साउन १८ गते उनी स्वास्थ्य उपचारका सिंगापुर गई एक साताको उपचारपछि स्वदेश फर्किएका थिए। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको क्रियाटिनिनको मात्रा अझै घट्न नसकेको कारण समस्या भइरहेको छ।

स्वास्थ्य उपचार गरी फर्किएको दुई दिनपछि ज्वरो आएपछि उनले  दिनभर आराम गरेका थिए। सो समयमै उनी भदौ ४ वा ५ गते उपचारका लागि पुनः सिंगापुर जाने हल्ला चलेको थियो। प्रधानमन्त्रीका सल्लाहकारले भने हल्ला निराधार रहेको र प्रधानमन्त्री स्वस्थ रहेको बताउँदै आएका छन्। प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउने बताइएको छ।
 

कमेन्ट लोड गर्नुस