सुदूर नेपाललाई विश्वसँग जोड्दै

 कञ्चनपुरमा फेन्सी स्टोरबाट लागूऔषधसहित सञ्चालक पक्राउ

२०८२ फाल्गुन ५, ०८:२४ खबर संवाददाता

कञ्चनपुर: भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्क नजिक रहेको राजकिरण फेन्सी स्टोरबाट नियन्त्रित लागूऔषधसहित स्टोर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार दिउँसो प्रहरीले डाइजेपाम ३९ एम्पुल, फेनारगन ३४ एम्पुल र बुप्रेनोर्फिन ३२ एम्पुल गरी जम्मा १०५ एम्पुल नियन्त्रित लागूऔषध बरामद गरेको जनाएको छ। उक्त लागूऔषधसहित भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने २७ वर्षीय किरण जोशीलाई पक्राउ गरिएको हो।

जोशीले सञ्चालन गर्दै आएको राजकिरण फेन्सी स्टोरबाट लागूऔषधको कारोबार हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले स्टोरमा खानतलासी गरेको थियो। तलासीका क्रममा नियन्त्रित लागूऔषध फेला परेपछि आवश्यक प्रक्रिया पूरा गरी जोशीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस