कञ्चनपुरमा लागूऔषधसहित १७ वर्षीय किशोर पक्राउ
कञ्चनपुर: सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका–७ हल्दुखालस्थित ब्रह्मदेव हाईवे सडकखण्डबाट ६.७८ ग्राम लागूऔषध चरेशजस्तो देखिने कालो पदार्थसहित बेल्डाँडी गाउँपालिका–५ निवासी १७ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।
अस्थायी प्रहरी बिट नौलाखेत बाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद लागूऔषधसहित किशोरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।