सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको अर्थ मन्त्रालयको गाडी सिकारु सुरक्षाकर्मीले चलाउँदा भित्तामा ठोक्कियो

२०७६ भदौ १, ०४:०१ खबर संवाददाता

सुदूरपश्चिमको आर्थिक मामिला तथा योजना मन्त्रालयका उप–सचिव सिद्धराज जोशीले चढ्दै आएको गाडी सुरक्षाकर्मीले चलाउँदा भित्तामा ठोकेका छन्। मन्त्रालय परिसरमै शुक्रबार साँझ उप–सचिव जोशीले चढ्दै आएको बा २ झ १४४७ नम्बरको गाडी सुरक्षा गार्ड समेत रहेका प्रहरी जवान गजेन्द्र बहादुर बोहोराले भित्तामा ठोकेका हुन्।

उनले एक पटक चलाउने भन्दै मागेपछि गाडी चालक मंगल बहादुर धामीले नै चलाउन दिएको मन्त्रालय स्रोतले बतायो। स्रोतले भन्यो, ‘बोहोराले अली अली आफूलाई पनि गाडी चलाउन आउँछ भन्दै मागेछन् चालकले पनि दिए तर कन्ट्रोल गर्न नसकेपछि मन्त्रालय परिसरमै रहेको भवनमा गाडी ठोक्किन  पुगेछ।’ तर आर्थिक मामिला मन्त्रालयले भने सुरक्षाकर्मी बोहोराले चलाउँने क्रममा गाडी ठोकिएको जनाएपनि त्यस पूर्व उनले गाडी चलाउन आउने÷नआउने विषयमा जानकारी नभएको दावी गरेको छ।

अर्थ मन्त्रालयका सूचना अधिकारी विष्णु रावतले शुक्रबार साँझ सुरक्षाकर्मी बोहोराले कार्यालय परिसरमै गाडी चलाउँदा ठोक्किन पुगेको जानकारी आफूलाई भएपनि के कती कारणले उनलाई दिईयो भन्ने विषयमा थाहा नभएको प्रतिक्रिया दिए। गाडी भित्तामा ठोकिएको विषयमा सुरक्षाकर्मी बोहोरा र चालक धामीलाई बुझ्न खोज्दा उनीहरुसँग सम्पर्क हुन सकेन। गाडी भित्तामा ठोकिएपछि अगाडीको भागमा क्षती पुगेको छ।    


   
कमेन्ट लोड गर्नुस