सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिकित्सा क्षेत्रलाई सहजीकरण गर्ने मेडिफ्लोले पायो आइसिटी अवार्ड

। फोटो स्रोत ।
२०७६ भदौ १, १२:४८ खबर संवाददाता

चिकित्सा क्षेत्रलाई सहजीकरण गर्ने  मेडिफ्लो सिस्टम एन्ड सर्भिसेजले आइसिटी अवार्ड–२०१९ पाएको छ। यसले स्वास्थ्य संस्थाहरुको प्रशासनिक व्यवस्था लगायत सम्पूर्ण कामलाई डिजिटल प्रविधिमार्फत सहजता दिने गर्छ। साथै यसले विभिन्न  मेडिकल रिपोर्टहरुलाई एकिकृत गरी इलेक्ट्रोनिक मेडिकल रेकर्ड तयार पार्छ। मेडिफ्लोले तयार गरेको  डिजिटल प्रविधि प्रयोग गर्दै सिभिल सर्भिस अस्पतालले घरबाटै टिकट काट्न सकिने सेवाको समेत सुरु गरेको छ।

नेपाल सरकारलाई हेल्थ केयर सम्बन्धित आवश्यक डाटा चाहिएको बेला उपलब्ध गराउन सक्नेगरी प्रविधिको विकास गरेको छ। राइजिङ इन्नोभेसन आइसिटी अवार्ड पुल्चोक इन्जिनियरङ क्याम्पसका रितेश पाण्डे र आयुश भट्टराईले बनाएको रक्तदान एपले पाएको छ। 

यस्तै यस वर्षको पब्लिक च्वाइस अवार्ड किताब यात्रा नेपालले जितेको छ। पठन संस्कृतिलाई विकास र विस्तार गर्न यसले अनलाइबाट सोझै खरिद गर्ने प्ल्याटफर्म स्वदेश तथा विदेशमा प्रदान गरेको छ। यसले अहिले न्युज अनलाइनमा समेत लाइबेरी सञ्चालन गर्दै आएको छ। साथै यसवर्षको आइसीटी अवार्डमा पायोनियर अवार्ड राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र नेपाली डायस्पोरा अवार्ड २०१९ फ्युज मेसिनका अध्यक्ष डा. समीर मास्केले पाएका छन्।

आइसिटी डिजिटल गभर्नेन्स अवार्ड यसवर्ष सरकारको संविधानिका निकाय लोक सेवा आयोग  र आन्टरप्रेनर अवार्ड यस वर्ष डिजिटल वालेट खल्तीले पाएको छ। यस्तै डिजिटल एजुकेसन आसिटी अवार्ड २०१९ ओपन युनिभर्सिटीले पाएको छ। यस्तै आइसिटी स्पार्टअप अवार्ड इ–डिजिटल नेपालले पाएको छ। आइसिटी अवार्ड २०१९ मा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकम लगायत दुई दर्जन बढी सस्थाहरुले सहयोग तथा सहकार्य गरेका थिए।

कमेन्ट लोड गर्नुस