सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको रघुनाथ आदर्श माविमा तालाबन्दी

२०७६ भदौ १, ११:५४ खबर संवाददाता

कैलालीको जोशीपुर गाँउपालिका वडा नम्बर ७ मा रहेको रघुनाथ आदर्श माध्यमिक विद्यालयमा तालाबन्दी गरीएको छ। विद्यालयको प्रावि राहत कोटामा आवेदन भरेका ११ जना मध्ये ८ जनाले विद्यालयमा तालाबन्दी गरेका हुन्।  विद्यालयले एकलौटी रुपमा शिक्षक नियुक्ति गरेको भन्दै तालाबन्दी गरिउको हो।

८ जनाले परिक्षा पुर्व नै धनन्जय जोशीको नियुक्ती मिलाएको र प्रकृया पुरा गर्न परिक्षाको नाटक गरेको भन्दै शनिबारको परिक्षा नै बहिस्कार गरेका थिए। परिक्षामा सहभागी भएका जोशीले पहिला देखी नै सबै सेटिङ्ग मिलाएकाले आफु छनौट हुने पक्का भएको भन्दै ठोकुवा गरेको आवेदक मध्येका मान बहादुर देउबाले बताए।

मिलोमतो मै शिक्षक नियुक्ति गर्न कै लागि साउन २० गते तोकिएको परिक्षा मिती साउन ३२ गते सारेको र सारिएको समयमा पनि परिक्षा संचालन गर्न आनाकानी गरेको भन्दै ८ जना आबेदकहरुले विद्यालय प्रशासनलाई बिज्ञप्ती बुझाउदै परिक्षा बहिष्कार गरेका थिए।

यता विद्यालयका प्रधानाध्यापक बसन्त महत्तोले भने कुनै  मिलोमतो नभई शनिबारको दिन र मौसममा आएको परिवर्तनले शिक्षा विकास तथा समन्वय ईकाइ धनगढीका प्रमुख प्रताप सिंह धामी र अन्य बिषय बिज्ञहरु निर्धारित समय भन्दा ढिलो गरी पुगेकोले ढिलो गरि परिक्षा सञ्चालन भएको बताए। 
 

कमेन्ट लोड गर्नुस