कञ्चनपुरमा भन्सार छलि गरी ल्याइएका जुत्ता बरामद
कञ्चनपुर: जिल्लाको भीमदत्त नगरपालिका–१६ मझगाउँ क्षेत्रबाट भन्सार छलि गरी अवैध रूपमा भारतबाट ल्याइएका जुत्ता बरामद गरिएको छ।
मंगलबार दिउँसो अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको गस्ती टोलीले अन्दाजी मूल्य रु. ९० हजार बराबरका जुत्ता बेवारिसे अवस्थामा फेला पारेको हो। शंका लागेपछि गरिएको जाँचका क्रममा उक्त सामान भारतबाट भन्सार छली गरी ल्याइएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको जुत्ता आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।