सुदूर नेपाललाई विश्वसँग जोड्दै

इण्डोनेसियाको ७४औंँ स्वतन्त्रता दिवस मनाइयो

। फोटो स्रोत ।
२०७६ भदौ १, ०६:५३ खबर संवाददाता

गणतन्त्र इण्डोनेसियाको ७४औंँ स्वतन्त्रता दिवसको अवसरमा शनिबार नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्र प्रसाद ढकालले इण्डोनेसियाको झण्डोत्तलन गरे। वाणिज्यदुतको कार्यालय, आइएमई कम्प्लेक्स परिसरमा भएको कार्यक्रममा नेपालमा बसोबास गरिरहेका इण्डोनेसियाली नागरिकहरु, वाणिज्यदूत कार्यालयका कर्मचारी तथा आइएमईमा कार्यरत कर्मचारीहरुको उल्लेख्य उपस्थिति थियो।

वाणिज्यदूत ढकालले इण्डोेनेसियाको शान्ति र समृद्धिको कामना गर्दै २००८ देखि नै विभिन्न उद्देश्यले नेपालमा बसोबास गरिरहेका इण्डोनेसियाली नागरिकसँग बसेर इण्डोनेसियाको स्वतन्त्रता दिवस मनाउन पाउँदा खुशी लागेको बताए।

नेपाल र गणतन्त्र इण्डोनेसियाबीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपालका लागि इण्डोनेसियाको गैह्र आवासीय राजदूतको कार्यालय बंगलादेशको ढाकामा रहेको छ।
 

कमेन्ट लोड गर्नुस