सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु

२०८२ माघ २५, ०२:१६ खबर संवाददाता

काठमाडौँ: नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर गरिएको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा चौधरीले दायर गरेको रिटमाथि सुनुवाइ भइरहेको छ।

यसअघि माघ ११ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उक्त रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्दै अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो। त्यसपछि माघ १५ गते न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दासँग सम्बन्धित फैसलाको फाइल पूर्वआदेशअनुसार पेस गर्न निर्देशन दिएको थियो।

आदेशबमोजिम आवश्यक प्रक्रिया पूरा भई मिसिल प्राप्त भएपछि अन्तरिम आदेशका लागि आज सुनुवाइका लागि पेसी तोकिएको हो।

रेशम चौधरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गराएका थिए। तर निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेपछि उनी सर्वोच्च अदालत पुगेका हुन्।

कमेन्ट लोड गर्नुस