कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका–५ तिकलपुर स्थित भित्री सडक खण्डमा रा ६ प ३१५७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई शुक्रवार राति दुर्घटना हुँदा मोटरसाईकल चालक सोही ठाउँ बस्ने ३२ वर्षीय दिपेन्द्र रावलको मृत्यु भएको हो।
दुर्घटनामा गम्भिर घाईते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै थप उपचारको लागि टीकापुर अस्पताल टीकापुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।