सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगामा गत वर्ष नै पूर्ण भुक्तानी दिएको योजनाको काम अधुरै

२०७६ साउन ३२, ०२:१४ कमल सावद

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत अण्डैया स्थित शिशु सुधार आधारभुत विद्यालय पश्चिम, लिक्मा नदीमा तटबन्धनका लागि ६२ लाख ५५ हजार रकम विनियोजन भएको थियो। तर आर्थिक वर्ष २०७४/०७५ को तटबन्धनको कामलाई देखाएर रकम भुक्तानी दिइएको अरोप स्थानीयले लगाएका छन्।

अण्डैयाका स्थानीय विष्णु भाटले आर्थिक वर्ष २०७४/०७५  मा गरिएको तटबन्धन देखाएर भुक्तानी दिएको आरोप लगाए। ‘पुरानो काममा जोडिएर काम गरेको भनिएको छ, तर अघिल्लो आर्थिक वर्षमा संकलन गरिएका ढुङ्गा, भरान भएका जाली देखाएर रकम निकासा भएको छ।’ उनले भने, दुई सय बढि ट्राली ढुङ्गा अघिल्लो आर्थिक वर्षको प्रयोग गरिएको छ।’

नगरपालिकाको वडा नम्वर पाँच मा सन्तनिङ्कारी मण्डलको भवन निर्माणका लागि तीन लाख ८३ हजार रकम विनियोजन भएको भन्दै तीन लाख ८४ हजार नगरपालिकाले भुक्तानी दिएको छ। काम सम्पन्न नहुदै असारमै नगरपालिकाले भुक्तानी पूर्ण दिएको हो।

तर अहिले सम्म पनि भवनको निर्माण कार्य जारी रहेको निर्माण समितिका अध्यक्ष शेरबहादुर कामीले बताए। कुनै पनि योजनामा निर्माण सम्पन्नताको प्रमाणपत्र विना भुक्तानी दिन नपाउने भएपनि नगरपालिकाले भने मापदण्ड विपरित विनियोजित बजेट भन्दा बढि भुक्तानी दिएको हो। 

भवन निर्माण समितिका अध्यक्ष शेरबहादुर कामीले घेरबारको काम भइरहेको बताए। नगरपालिकाले रकम भुक्तानी गरेको उनले जानकारी दिए। ‘नगरपालिकाले एक लाख पहिले दिएको थियो। तीन लाख फेरी दिएको हो। भवन निर्माणको काम पूर्ण भएको छ।घेरबारको काम अहिले भइरहेको छ। उनले भने।’

नगरपालिकाको वडा नम्बर ५ मै मोहन्याल खेलकुद युवा क्लव व्यवस्थापनका लागि पनि तीन लाख ७६ हजार रकम नगरपालिकाले विनियोजन गरेको थियो। पूर्ण प्रगति भएको भन्दै तीन लाख ७३ हजार बढि भुक्तानी दिईएको् छ। तर काम न्यून भएको बताइएको छ। भवन निर्माणको काम पनि पूर्ण नभएको बताइएको छ।

यता गौरीगंगा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष जंगबहादुर विकले उक्त आरोप गलत भएको दावी गरे। सबै योजनाको मूल्याङ्न आधारमा मात्र भुक्तानी दिईएको उनले जिकिर गरे। ‘सन्तनिङकारीको भवनको कामको मूल्याङ्कन गरेर भुक्तानी दिईएको हो, उनले भने, गत वर्षबाट निर्माण कार्यको सुरुवात गरेका हाँै, गत वर्ष एक लाख विनियोजन भएको थियो।

यो वर्ष तीन लाख खर्च भएको छ, इन्जिनियरले गरेको मूल्याङकनकै  आधारमा नगरपालिकाले भुक्तानी दिएको हो।’ उनले चार सय २३ मिटर  भन्दा बढिमा तटबन्धन गरिएको बताए। प्रदेश सरकारबाट आएको बजेटले गत वर्ष गरिएको क्षेत्रमा तटबन्धन गरिएको हो। उनले भने, ‘केहि ढुङ्गा पुराना प्रयोग भएका होलान्। आरोप अनुसारको काम भने नरहेको दावी वडा अध्यक्षको रहेको थियो। 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस