सुदूर नेपाललाई विश्वसँग जोड्दै

झापामा रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड

२०८२ माघ २२, १२:४७ खबर संवाददाता

झापा: झापाको कमल गाउँपालिका–२ स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा तोडफोड भएको छ। निर्वाचन क्षेत्र नं। ५ अन्तर्गत रहेको कार्यालयमा बुधबार मध्यराति आक्रमण भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

स्थानीय जयराम अधिकारीको घरको माथिल्लो तलामा भाडामा सञ्चालन हुँदै आएको कार्यालयको झ्यालको सिसा फुटाइएको छ। कार्यालयलाई नै निशाना बनाएर तोडफोड गरिएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

घटनाबारे अनुसन्धान अघि बढाइएको र संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस