सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकल र कपडा सहित पक्राउ परेका एकजनालाई बाँके लगियो

२०७६ साउन ३२, ११:१५ खबर संवाददाता

कैलालीमा मोटरसाईकल र शंकास्पद कपडा सहित पक्राउ परेका एकजनालाई अनुसन्धानका लागि कोहलपुर पठाईएको छ। बीहिबार साँझ जिल्लाको गोदावरी नगरपालिका ६ लालपुर चोकमा चेकजाँचका क्रममा फेन्सी सामान र शंकास्पद विल भरपाई सहित पक्राउ परेका गौरीगंगा नगरपालिका २ का टेकेन्द्र्र चन्दलाई कोहलपुर पठाईएको हो।

चन्दले चलाएको से ५ प ३१४ नम्बरको मोटरसाईकलको पछाडी प्लाष्टिकको कट्टामा पोको पारिएको अवस्थामा भेटाएपछि सोधपुछका क्रममा अत्तरियाको न्यु राम जानकी खरिद गरेको बताएको तर विलमा चौमाला भनी उल्लेख गरिएको पाईएपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बाँके पठाईएको कैलाली प्रहरीले जनाएको छ। उनले प्रयोग गरेको मोटरसाईकल समेत कालोमा निलो रंगको पाईएपछि एक लाख ५७ हजार तीन सयको बिगो कायम गरी पठाईएको कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 
 
 

कमेन्ट लोड गर्नुस