सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनमत बुझ्न काँग्रेसले सुदूरपश्चिममा १० नेता खटायो

२०८२ माघ २१, ०३:०६ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेसले पार्टीको जनमत बुझ्न सातै प्रदेशमा नेताहरूलाई जिल्ला–जिल्लाको जिम्मेवारी दिएको छ। उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको ‘निर्वाचन परिचालन समिति’ले प्रदेशअनुसार जिल्लाहरू तोकेर नेताहरूलाई खटाएको हो।

सुदूरपश्चिम प्रदेशमा १० जना नेताले जिम्मेवारी पाएका छन्। जिम्मेवारी पाउने अधिकांश नेता विशेष महाधिवेशन पक्षधर रहेको बताइएको छ। हिमबहादुर रावल, निपा चोखाल र विद्या तिमल्सिनालाई कञ्चनपुर, बैतडी, दार्चुला र बझाङ जिल्लाको जिम्मेवारी दिइएको छ।

यसैगरी कैलाली र डडेल्धुराको जिम्मेवारी जगतप्रसाद जोशी, सुनिता राना, नृपबहादुर वड र डाक्टर रणबहादुर रावलले पाएका छन्। डोटी, अछाम र बाजुरामा भने नरेन्द्र भट्ट, सम्झना खत्री र सुशीला मिश्र भट्टलाई खटाइएको छ।

पार्टीले नेताहरूलाई स्थलगत रूपमा पुगेर जनमत बुझ्न, संगठन कमजोर भएका स्थानमा सुधारका उपाय पहिचान गर्न र त्यसको आधारमा आगामी प्रचार–प्रसार रणनीति तयार गर्न जिम्मेवारी दिएको जनाएको छ। नेताहरूको फिल्ड ब्रिफिङपछि आवश्यक रणनीति बनाउने तयारी काँग्रेसको छ।

कमेन्ट लोड गर्नुस