कञ्चनपुरबाट ३ जना फरार प्रतिबादी पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट ३ जना फरार प्रतिबादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लेनदेन सम्वन्धि मुद्दामा ३ महिना कैद सजाय तोकिएको भीमदत्त नगरपालिका–१० बस्ने ३८ वर्षीय दिनेश राम ओड, जवरजस्ती करणी उद्योग मुद्दामा २ वर्ष ६ महिना १० दिन कैद सजाय तोकिएको दोधारा चाँदनी नगरपालिका–२ पशुपति टोल बस्ने २१ वर्षीय हिमान्शु भट्ट र लागूऔषध खैरो हिरोइन मुद्दामा ५ वर्ष कैद सजाय र २ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका-६ मटियारी बस्ने २८ वर्षीय बिवेक राना रहेका छन्।
जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीनै जना प्रतिवादीहरुलाई मंगलवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।