कञ्चनपुरबाट भन्सार छलीका हाडवेयर र किरानाका सामान नियन्त्रणमा
२०८२ माघ २०, ०९:०६
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका हाडवेयर र किरानाका सामान नियन्त्रणमा लिइएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–५ सुकासाल र भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ८४ हजार ३७३ बराबरको सामान प्रहरील नियन्त्रणमा लिएको हो।
उक्त मुल्य बराबरको हाडवेयर र किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले सोमवार वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस