सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा निर्वाचन कार्यालयको गाडी दुर्घटना, ५ घाइते

२०८२ माघ १८, ०८:५४ खबर संवाददाता

धनगढी: जिल्ला निर्वाचन कार्यालय डोटीको स्कारपियो गाडी डडेल्धुरामा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

शनिवार डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोला नजिक केआईसिंह राजमार्गमा डडेल्धुराबाट दिपायलतर्फ जाँदै गरेको स्कारपियो अनियन्त्रित भई सडक छेउमा ठोक्किँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दुर्घटनामा डोटीका निर्वाचन अधिकृत तथा अजयमेरु गाउँपालिका–६ का ४२ वर्षीय करुणाकर पन्त, बर्दिया घर भई सशस्त्र प्रहरी बल ३६ नं. गण डोटीमा कार्यरत ४० वर्षीय सुमन चौधरी, तनहुँ भानु नगरपालिका घर भई नेपाली सेना भैरवनाथ गण डोटीमा कार्यरत ३८ वर्षीय सूर्यबहादुर कोइराला, गन्यापधुरा गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर बोहरा र दिपायल सिलगढी नगरपालिका–५ का ४५ वर्षीय चालक तेजबहादुर अधिकारी घाइते भएका छन्।

प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस