सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा जेनजी समूहका युवाहरूले सार्वजनिक उठबस गर्दै आत्मिक प्रतिबद्धता व्यक्त गरे

तस्बिर : भवानीदत्त भट्ट
तस्बिर : भवानीदत्त भट्ट
२०८२ माघ १७, ०२:३९ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता व्यक्त गर्दै सार्वजनिक क्षेत्रमा उठबस गरेका छन्। शुक्रबार साँझ झन्डै ३० किशोर तथा युवा झलारी बजारमा १० पटक उठबस गरेका थिए।

शुक्लाफाँटा नगरपालिका–१० स्थित झलारी बजारमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका जेनजीका प्रतिनिधिहरूले विगतमा भएका गल्ती र कमजोरी महसुस गर्दै कान समातेर उठबस गरे।

मुलुक निर्वाचनमय भएको समयमा जेनजी समूहले गरेको यस्तो गतिविधिलाई अर्थपूर्ण रुपमा हेरिएको छ। उनीहरूले भदौ २३ र २४ गतेको आन्दोलनमा भएका कमजोरी स्विकार्दै, आगामी निर्वाचनपछि सडक आन्दोलनमा फेरी सक्रिय हुने संकेत दिएका छन्।

मिराज ढुंगाना समर्थक कञ्चनपुर क्षेत्र–२ का स्वतन्त्र उम्मेदवार हरिसबहादुर भट्टले भ्रष्टाचार गर्ने नेताहरूले माफी नचाहेकाले झलारीमा उठबस भएको जानकारी दिए। आगामी दिनमा मुलुकको व्यवस्था परिवर्तनका लागि फरक ढङ्गले अघि बढ्ने उहाँले उल्लेख गरे।

देशभर विभिन्न क्षेत्रबाट उम्मेदवारहरू चुनावी मैदानमा होमिरहेका छन्। तर ढुंगाना समर्थक स्वतन्त्र उम्मेदवार भट्ट मतदाताहरूलाई मत दिनुको साटो विवेक प्रयोग गरेर मतदान नगर्न सुझाएका छन्।

भोट दिए देशको विद्यमान व्यवस्था परिवर्तनका लागि सदनबाट आवाज उठाउन सकिने भए पनि, भोट नदिए पुनः सडक आन्दोलनबाट व्यवस्था परिवर्तनका लागि सङ्घर्ष गर्ने उहाँको चुनावी एजेन्डा रहेको छ।

पहिले जेनजी आन्दोलन भए पनि माग पूरा नभएको भन्दै, देशको व्यवस्था परिवर्तनका लागि स्वतन्त्र उम्मेदवारी दिएको तर मत नखसाल्न समेत आग्रह गरिएको छ। दलीय उम्मेदवारलाई विजयी गराए पनि सडक आन्दोलन मार्फत मुलुकको व्यवस्था फेरिने चेतावनी समेत दिइएको छ।

कमेन्ट लोड गर्नुस