संघीय आप्रवासन कारबाहीको विरोधमा मिनियापोलिसमा प्रदर्शन
अमेरिका: अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिस सहरमा संघीय आप्रवासन अधिकारीको कारबाहीविरुद्ध हजारौँ मानिस सडकमा उत्रिएका छन्। संघीय अधिकारीद्वारा गोली हानी दुई अमेरिकी नागरिकको हत्या भएपछि विरोध प्रदर्शन सुरु भएको हो।
रोयटर्सका अनुसार शुक्रबार प्रदर्शन झनै व्यापक बनेको थियो। विद्यालय कक्षा बहिष्कार गर्दै विद्यार्थीहरू समेत सहभागी भएपछि सहभागिता बढेको हो। प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा परिचालित आप्रवासन अधिकारी फिर्ता गर्न माग गरेका छन्।
विरोध प्रदर्शन मिनेसोटामा सीमित नरही ४६ राज्यका २५० भन्दा बढी स्थानमा फैलिएको छ। यस घटनाले ट्रम्प प्रशासनको आप्रवासन नीतिमाथि थप राजनीतिक दबाब सिर्जना गरेको छ।