सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका ५ जना नियन्त्रणमा

२०७६ साउन ३१, ०१:३५ खबर संवाददाता

रवि लामिछानेको रिहाईको माग गर्दे प्रदर्शनमा उत्रिएका ५ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ। लामिछानेका समर्थकले रिहाइको माग गर्दै चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा पाचँ जनालाई चितवन प्रहरील नियन्त्रणमा लिएको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय अगाडि समर्थकहरुले नाराबाजी सहित प्रर्दशन गरिरहेका छन। जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेसहित तीनैजनालाई आज अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ।

तर रविलाई षडयन्त्रपुर्वक फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले निर्सत रिहाइको माग गर्दै नाराबाजी गरिरहेका हुन्। चितवन का एसपी दानबहादुर मल्लले कानुन बमोजिम अनुसन्धानका लागि रविसहितका व्यक्तिहरुलाई पक्राउ गरिएकोले अनावश्यक दबाब आवश्यक नरहेको भन्दै उनले कानुन बमोजिम प्रहरीले आफ्नो काम गर्ने बताए।

 

कमेन्ट लोड गर्नुस