सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्पेनिस ला लिगा आजदेखि सुरु हुंदै

२०७६ साउन ३१, १०:३४ खबर संवाददाता

शुक्रबारदेखि स्पेनिस ला लिगा सुरु हुँदैछ। पहिलो दिन शुक्रबार डिफेन्डिङ च्याम्पियन बार्सिलोना र एथ्लेटिक क्लब आमने सामने हुँदैछन्। यो खेल नेपाली समय अनुसार राति पौने एक बजे हुनेछ। एथ्लेटिक विल्बाओको मैदानमा हुने खेलमा मेस्सी नखेल्ने सम्भावना छ। ला लिगा इतिहासमा अहिलेसम्म रेलिगेसनमा नपरेका दुई टिम हुन, बार्सिलोना र एथ्लेटिक विल्बाओ 

बिल्बाओले यो समरमा एक जना पनि नयाँ खेलाडी किनेको छैन। बरु उसले आफ्नै एकेडेमीबाट खेलाडीलाई पहिलो टिममा बढुवा गराएको छ। यता बार्सिलोनाले भने विश्व फुटबलका उत्कृष्ट खेलाडीलाई अनुबन्ध गरेको छ। उसले एन्टोइन ग्रिजम्यान, फ्रेंकी डि जोङ, जुनियर फिर्पो जस्ता खेलाडी अनुबन्ध गरिसकेको छ र अझ पनि केही खेलाडी थप्ने मनसायमा छ।
 

कमेन्ट लोड गर्नुस