सुदुर अब दुर नाई, झिकै झिकै माया तम्लाई: बालेन
धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिम प्रदेशबारे पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिएका छन्। चुनावी प्रचारका क्रममा गाडीमै बसेर कार्यकर्तालाई हात हल्लाउँदै अघि बढिरहेका शाहले सुदूरपश्चिमका पहाडी जिल्लाका सडकमा परेको हिउँसँग फोटो खिचेपछि फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
हिउँ जमेको सडकको तस्बिर शेयर गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘सुदुर अब दुर नाई, झिकै झिकै माया तम्लाई। ❤️’ उक्त अभिव्यक्तिलाई सुदूरपश्चिमप्रति उनको भावनात्मक सन्देशका रूपमा लिइएको छ।
चुनावी प्रचार अभियानअन्तर्गत हाल उनी बैतडीको पाटन पुगेका छन्। आजै उनले दार्चुला र बझाङसम्म पुग्ने कार्यक्रम रहेको बताइएको छ।