सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट प्रतियोगिताः नेपालले ट्स जित्यो

२०८२ माघ १२, ११:३१ रासस

काठमाडौँः आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा  नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको ट्समा नेपाली टोलिकी कप्तान इन्दु बर्माले ट्स जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन्। यससँगै स्कटल्याण्डले पहिला ब्याटिङ गर्नेछ।

आज दुबै टोलीलाई सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाब रहेको छ। । स्कटल्यान्डसँग पराजित भएमा नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त हुनेछ। नेपाल पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो, भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। 

यस्तै तेस्रो खेलमा भने टेष्ट राष्ट्र जिम्बाव्वेलाई ६ विकेटले पराजित गर्दै सुपर सिक्सको सम्भावना कायम राखेको हो। नेपालको प्लेइङ ११ मा कप्तान  इन्दु बर्मासहित पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, मनिषा उपाध्याय, सीता राना मगर, रोमा थापा र कविता जोशी छ्न।

कमेन्ट लोड गर्नुस