सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट जवरजस्ती करणी र चोरी मुद्दामा फरार ३ जना पक्राउ

२०८२ माघ ९, ०७:३९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट जवरजस्ती करणी र चोरी मुद्दामा फरार ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठ चोरी मुद्दामा ४ महिना ११ दिन कैद सजाय र २१ हजार २८६ जरिवाना तोकिएको भीमदत्त नगरपालिका–१२ ऐरी बस्ने ३८ वर्षीय सुरेश रावल, चोरी मुद्दामा १ महिना कैद सजाय तोकिएको पुनर्वास नगरपालिका–१० बस्ने ३१ वर्षीय सुरज नेपाली र जवरजस्ती करणी अप्राकृतिक मुद्दामा ३ महिना कैद सजाय र ३ हजार जरिवाना तोकिएको शुक्लाफाँटा नगरपालिका–२ बस्ने ५० वर्षीय शंकर सिह बोहरा रहेका छन्। 

जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीनै जनालाई शिहीवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस